काठमाडौं–वैदेशिक रोजगारको कसुरमा ६ वर्ष कैद सजाय सुनाइएका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई सीआईबीले बिहीबार कलंकीबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमति नै नपाएका घिसिङले इजरायल, जापानलगायतका देशमा रोजागारीमा पठाउने भन्दै ठगी गरेका थिए।
उनीविरुद्ध वैदेशिक रोजगारका ३ वटा मुद्दामा सर्वोच्च अदालतले २०७७ चैत १७ गते ६ लाख जरिवाना र ६ वर्ष कैदको सजाय सुनाएको थियो।
त्यसपछि फरार रहेका घिसिङलाई ३ महिनापछि पक्राउ गरिएको सिआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।