काठमाडौं– सगरमाथा इन्स्याेरेन्स र लुम्बिनी जनरल इन्सुरेन्सबीच एक आपसमा मर्ज हुने सम्झौता भएको छ। बुधबार (असार २९ गते) यी दुई बीमा कम्पनीबीच मर्जर सम्झौता भएको हो।
उक्त सम्झौतापत्रमा सगरमाथा इन्योरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
अब दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सकिएपछि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण हुनेछ ।
हाल सगरमाथा इन्स्योरेन्सकाे चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ र लुम्बिनी जनरलको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ छ। मर्जरको सहमति भएपछि यी दुई कम्पनीको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जले बिहीबारदेखि यी दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।