काठमाडौं- राष्ट्रपति गोटाबाया राजपक्षे भागेपछि आक्रोशित श्रीलंकाका जनताको प्रदर्शन झन् बढेको छ।
बुधबार प्रदर्शनका क्रममा उनीहरुले सरकारी टेलिभिजन नै कब्जा गरेका छन्। राष्ट्रपति निवास र प्रधानमन्त्री कार्यालयमा नाराबाजी गरेपछि भीड सरकारी टेलिभिजनको कार्यालयतर्फ केन्द्रीत भएको हो।
सरकारी टेलिभिजनमा पुगेका एक प्रदर्शनकारी त समाचारवाचकको ठाउँमा बसेर बोल्नसमेत भ्याएका छन्।
उनले आमजनलाई सम्बोधन गर्न थालेपछि प्राविधिकहरुले प्रशारण नै बन्द गर्नुपरेको छ। राष्ट्रपति गोटाबाया राति नै भागेर माल्दिभ्स पुगेका छन्। उनले आजकै मिति उल्लेख गरेर राजीनामा दिएको बताइएको छ। तर, संसद् चल्न नसकेका कारण त्यसको पुष्टि भइसकेको छैन।
राष्ट्रपतिको बहिर्गमनपछि प्रदर्शनकारी प्रधानमन्त्री रनिल विक्रमासिंघेको राजीनामा माग गरिरहेका छन्।
श्रीलंकाको कानुनअनुसार विक्रमासिंघे एक महिनाका लागि कार्यकारी राष्ट्रपति बन्न सक्छन्। तर प्रदर्शनकारीले श्रीलंकाको संकटका साझेदार गोटाबाया मात्र नभइ रनिलसमेत रहेको बताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।