काठमाडौं- श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन्। हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारी बुधबार दिँउसोबाट प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्ने प्रयासमा थिए।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालयको ढोका तोडेर मैदानमा प्रवेश गरेका छन्।
गेट बाहिर सशस्त्र प्रहरीसँग घन्टौ चलेको गतिरोधपछि कयौं प्रदर्शनकारी प्रधानमन्त्री कार्यालयको बाल्कोनीमा पुगेका छन् र उल्लासका साथ नारा लगाइरहेका बीबीसीले जनाएको छ।
प्रधानमन्त्री कार्यालय कब्जा गरेका प्रदर्शनकारी ढोल बजाउँदै नारा लगाउँदै सेल्फी खिचिरहेका छन्। उनीहरुले प्रधानमन्त्री रनिल विक्रमासिंघे र राष्ट्रपति गोटाबाया राजापाक्षे माथि चर्को आक्रोश पोखिरहेका छन्। 'रनिल र गोटाबाया पागल हुन्' भन्दै प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन्।
प्रधानमन्त्री कार्यालयको दोस्रो भवनमा 'प्रधानमन्त्री कार्यालय' जनाइने एक चिह्नको ठिक माथि प्रदर्शनकारीले श्रीलंकाको झण्डा फहराएका छन्।
यसअघि प्रदर्शनकारीले राष्ट्रपति कार्यालय कब्जा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।