काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेपछि श्रीलंकास्थित भारतीय उच्चायोगले एक विज्ञप्ति जारी गरेको छ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी गरिएको बयानमा उच्चायोगले गोटाबाया राजपक्षे र पूर्व वित्त मंत्री बासिल राजपक्षेलाई देश बाहिर पठाउन भारतले सहयोग गरेको भन्दै सार्वजनिक भएका समाचारहरुको खण्डन गरेको हो। उच्चायोगले श्रीलंकाका मानिसलाई समर्थन गर्ने कुरा दोहोराएको छ।
भारी बिरोध-प्रदर्शनका बीच राष्ट्रपति गोटाबाया सैन्य जेटमार्फत देश छाडेर भागेका हुन्। ७३ वर्षका गोटाबाया राजपक्षे मालदिभ्सको राजधानी मालेमा बुधबार स्थानीय समय अनुसार तीन बजे पुगेको बीबीसीले जनाएको छ।
गोटाबायाले यस अघि बुधबार अर्थात १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका थिए। यसअघि उच्चायोगले भारतले श्रीलंकामा सेना पठाउन लागेको समाचारको खण्डन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।