• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सीपीसीका विदेश विभाग प्रमुखको चासो–चीनको सुरक्षा र दलहरुसँग सम्बन्ध विस्तार

64x64
ईश्वर बराल सोमबार, असार २७, २०७९  २०:३०
1140x725

काठमाडौं–चिनियाँ कम्युनिस्ट पार्टीका(सीपीसी) विदेश विभाग प्रमुख लिउ चियान छाओ आठ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै आईतबार बिहान त्रिभुवन विमानस्थल ओर्लिए। केहीबेरको आरामपछि लिउले अपराह्नबाटै उच्च तहको भेटघाट सुरु गरे।  

उनी सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे। अन्य चिनियाँ नेताहरुजस्तै उनले पनि प्रधानमन्त्रीसँग एक चीन नीतिमा प्रतिबद्धता खोजे। 

उक्त भेटमा सहभागी कूटनीतिज्ञ दिनेश भट्टराईका अनुसार प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए। लिउलाई देउवाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिनेबारे आश्वस्त तुल्याए। 

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्र प्रतिकूल रहेकाले चीनसँग ऋण नलिने र अनुदानमात्र स्वीकार गर्ने बताएको भट्टराईले जानकारी दिए। 

chiniya fm1657460355.jpg

देउवालाई भेटे लगत्तै लिउले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटे। उनीहरुबीच दुई देशबीचको सम्बन्ध र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र स्रोतले बताएको छ।

खड्कासँगको भेटपछि लिउको सम्मानमा आईतबार मन्त्री खड्काले रात्रिभोज दिएका थिए। 

बुधबार बेइजिङ फर्कने तालिकासहित आइतबार आएका लिउ सोमबार बिहान सुन्दरीजलस्थित बिपी संग्रहालय पुगे। 
त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गरे। काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर परियोजनाको सुरुआत गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त भेटमा मन्त्री भुसालले नेपालमा गणतन्त्रको स्थापनासँगै नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरेकी थिइन्।

नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै मन्त्री भुसालले यी देशका सम्बन्ध पञ्चशीलमा आधारित रहेको बताइन्। ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ,’ उनले भनिन्,‘यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चशीलका आधारमा स्थापित छ।’

उक्त कार्यक्रममा लिउले नेपाल असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका थिए।

लिउ सोमबार अपराह्नतिर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। दाहालसँगको भेटमा पनि उनले चीनको सुरक्षा चासो राखेका थिए। जवाफमा दाहालले नेपाल एक चीन नीतिप्रति सधैं प्रतिबद्ध रहेको बताएका थिए। लिउ मंगलबार पनि राजनीतिक भेटमा व्यस्त रहनेछन्। 

prachanda1657546243.jpg

नेता लिउको मंगलबार र बुधबार उच्चपदस्थ भेटघाट र केही महत्वपूर्ण स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ। लिउले  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनका अन्य नेता,एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सोही पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतलाई भेट्ने कार्यक्रम रहेको छ। 

लिउको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। सोमबार साँझसम्मको नेता लिउको सक्रियतालाई हेर्दा विशेषगरी चीनले आफ्नो देशको सुरक्षा र नेपालका पार्टीहरूसँग सम्बन्ध थप मजबुत र विस्तार गर्ने उद्देश्य रखेको बताउँछन् कूटनीतिज्ञ भट्टराई।

नेपालमा, चीनको उपस्थिति बढ्नुलाई पश्चिमाको प्रवाहलाई न्यूनीकरण गर्ने तर्क बलियो रहेको छ। त्यससँगै पछिल्ला समयमा देउवा सरकारको आगमनसँगै चीनसँगको सम्बन्धमा आएको दूरी र अमेरिकाका परियोजना नेपालमा आउने क्रम बढ्नुले चीनको सक्रियता स्वाभाविक रहेको बताउँछन् चीनामामिलाका जानकार रुपक सापकोटा। 

चीनको चासो भनेकै सुरक्षा रहेको उनको भनाइ छ। ‘चीनको खास चासो भनेकै उसको सुरक्षासम्बन्धी हो,’ उनले भने,‘अमेरिकी परियोजनाले तथा पश्चिमा प्रभावले चीनलाई सुरक्षा चुनौती हुनसक्ने भएकाले उ नेपालबाट एक चीन नीतिमा प्रतिबद्धता चाहन्छ।’

तर अहिलेको भ्रमणमा चीनको ध्यान पार्टीहरूसँगको सम्बन्ध र सुरक्षाको विषयमा रहेको बताउँछन् भट्टराई।

उनका अनुसार लिउले पार्टीस्तरमा सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्। ‘सीपीसीका नेताको भ्रमण नेपालका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्नेमा देखिन्छ,’ भट्टराईले भने, ‘अन्र्तक्रिया तथा पार्टीतहमा विचार आदानप्रदान गर्नेमा केन्द्रित रहेको देखिन्छ।’

लिउले चिनियाँ कम्युनिस्ट पार्टीको आगामी अक्टोबरमा हुने बिसौँ महाधिवेशनमा सहभागीका लागि यहाँका दललाई निम्तो गरिरहेका छन्। 

‘अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन हुन गईरहेको छ,’ भट्टराईले भने, ‘लिउले उक्त महाधिवेशनका लागि उनले कांग्रेस सभापतिका हैसियतमा देउवालाई निम्तो गरेका छन्।’ भट्टराईका अनुसार लिउले भेट्ने अन्य दलका नेतालाई पनि उक्त महाधिवेशनका लागि निम्तो गर्ने बताएका छन्। 

यसैले यो भ्रमणलाई भट्टराई पार्टीहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेमा केन्द्रित रहेको बताउँछन्। 

बाम एकताको चर्चा
२०७४ को प्रतिनिधिसभाको निर्वाचनको मुखमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर निर्वाचनमा सहभागी भए। चुनावपछि दुवै पार्टी एकीकरण भएर २०७५ जेठमा नेकपा नामको पार्टी निर्माण भयो। नेकपाको गठनको पृष्ठभूमिमा चीनको सक्रियता प्रस्ट देखिएको थियो। 

नेकपाको सरकार बनेपछि चीनसँगको सम्बन्धमा थप सुमधुर सम्बन्ध विस्तार भएको थियो। साथै, नेकपाभित्रको विवाद बढेसँगै चिनियाँ राजदूत होउ यान्छीको सक्रियता निकै थियो। तर उनको सक्रियताले नेकपाको पहिरो रोकिएन। अन्ततः नेकपा पुरानै स्वरुपमा फर्किए। 

त्यसपछि कांग्रेसको सरकार बनेसँगै राजदूत यान्छीको सक्रियता कम हुन थाल्यो। उता अमेरिका र भारतसँगको सक्रियता बढ्न थाल्यो। यसले चीन ओझेलमा परेको थियो। 

नेपाल भ्रमणमा आएका सीपीसीको विदेश विभाग प्रमुख लिउ चियान छाओले उक्त पद सम्हालेसँगै नेपालका शीर्ष नेताहरूसँग असारको दोस्रो साता भर्चुअल संवाद गरेका थिए। लिउले जेठको मध्यतिर पदभार ग्रहण गरेका हुन्।

अहिलेको भ्रमण असार दोस्रो साता भएको संवादको थप विस्तारित संवाद हुनसक्ने अनुमान गर्छन् कूटनीतिज्ञ भट्टराई।

लिउको भ्रमण प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्ने समयमा भएको छ। भ्रमण बाम एकताको पहलका लागि पनि हुन सक्ने अनुमान छ।

तर, एमाले नेता विष्णु रिजाल कसैले चाहँदैमा एकता नहुने बताउँछन्। ‘पार्टी मिलाउने, फुटाउने भन्ने नै भ्रमपूर्ण कुरो हो। हामी नेपालका वामपन्थीहरू आफ्ना आवश्यकताअनुसार मिल्यौं,’ रिजाल भन्छन्, ‘हामीले आफ्नो आवश्यकतालाई व्यवस्थापन गर्न सकेनौं विभाजित भयौं। यो अलग्गै प्रक्रिया हो। शुभेच्छा प्रकट गर्नु एउटा विषय हो तर यो भ्रमणले पार्टी मिलाउँछ भन्ने कुरामा पट्टक्कै विश्वास गर्नु हुन्न।’

रिजाल पनि भट्टराईले भनेजस्तै यो भ्रमण सीपीसीको विदेश विभागको नेतृत्व परिर्वतन भएपछिको स्वाभाविक भ्रमण मान्छन्।

‘मैले यो भ्रमणलाई नेपालका सबै राजनीतिक दलसँग हार्दिक सम्बन्ध बनाउनका लागि चालिएको कदम भन्ने बुझेको छु। उहाँहरू तालिका अनुसार मुख्य दलसँग भेट गर्ने रहेको छ,’ उनले भने,‘विदेश विभागमा नेतृत्व परिवर्तन भएपछि, नजिकको छिमेकी मुलुकको मुख्य दलका नेतासँगको भेटघाट गरेर समान सम्बन्ध राखौं, हार्दिक सम्बन्ध राखौं भन्ने देखिन्छ।’ 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा जोड दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बिहीबार, भदौ १८, २०८३
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका भेटमा अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका, बुझेका र गर्नुपर्ने विषयमा सुझाव दिएका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी बिहीबार, भदौ १८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार, भदौ १८, २०८३
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्