काठमाडौं-नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता तालमेल दलका नेताहरुले कांग्रेसतर्फ फर्केर आरोप लगाइरहेको तर सभापति शेरबहादुर देउवाले मौनता साँधेको भन्दै प्रश्न गरेका छन्। सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटीमा आफ्ना धारणा राख्दै उनले सभापति देउवाको ध्यानाकर्षण गरेका छन्।
'सत्ता तालमेल दलका नेताहरु नेपाली कांग्रेसतिर फर्केर आरोप लगाइरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन्। स्थानीय निर्वाचनको परिणामलाई लिएर उनीहरु कांग्रेसविरुद्ध तीतो पोखिरहेको कुरा सभापतिज्यूको जानकारीमा पनि होला भन्ने मलाई लागेको छ,' उनले भने, 'यसरी एकातर्फ नकारात्मक चर्चा भइरहँदा किन हाम्रो पार्टी र नेताहरुले मौनता साँधेको हो? म यी सबै विषयमा गम्भीर छलफलको जोडदार माग गर्दछु।'
यसैगरी कांग्रेसकै सभापति देशको प्रधानमन्त्री रहेको तर जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको प्रति पनि उनले ध्यानाकर्षण गराएका छन्। महँगीले जनताको ढाड सेकिएको र बेरोजगारी दिनानुदिन बढ्दो रहेको उल्लेख गर्दै पार्टी गम्भीर हुनुपर्ने उल्लेख गरे।
उनले भने, 'हुनेखानेहरु समेत सामान्य जीवन बिताउन कठिनाई महसुस गरेका छन भने गरिब, निमुखा, मजदूर तथा नागरिकको अवस्था के भएको होला हामी काठमाडौँ बसेर त्यसको पीडा बोध गर्न सक्दैनौँ। सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, संचार जगत, व्यवसायी तथा आम नागरिकले समेत प्रश्न गर्न थालेका छन्। यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ।'
यस्तो छ कोइरालाले केन्द्रीय कमिटीमा राखेको धारणा :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।