काठमाडौं– सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ। केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। त्यस्तै, बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन्।
प्रवक्ता प्रकाशसरण महतले भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध अजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ। बैठक केही दिनसम्म चल्ने बताइएको छ।
प्रवक्ता महतका अनुसार बैठकमा गठबन्धन लगायतका विभिन्न विषयमा पनि छलफल हुने र आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी परिचालन लगायतका विषयमा पनि छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।