काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। भानोदय नमुना माविमा मतगणन सुुरु भएको छ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए।
करिब १३ हजार मतदाता रहेको बुढीगंगामा बिहीबार सम्पन्न निर्वाचनमा ९ हजार १२८ मत खसेको छ। मतगणना वडा नम्बर १ र १० बाट सुरु गरिएको छ।
गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।