काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूबारे अवेक्षा र जिम्मेवारीका बारेमा धारणा राखेका छन्।
बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सबै केन्द्रीय विभागका कामबारेमा बैठकमा छलफल हुन लागेको हो। नेकपा एमालेले केहीदिन अघि पार्टीका सबै केन्द्रीय विभागको टुंगो लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।