भक्तपुर– भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गएराति स्कुटर चालकको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ छुटेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।