• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गृहले अघि सार्‍यो सफा, सुरक्षित र सभ्य यातायात निर्माणको योजना

64x64
रासस शुक्रबार, असार २४, २०७९  ०७:५७
1140x725

काठमाडौं– गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ। मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो।

मुख्यगरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरुप विगार्ने, यातायातकर्मी तथा यात्रुहरुमा सचेतनाको कमी, ट्राफिक पूर्वाधारको अभावजस्ता समस्यालाई न्यूनीकरणका लागि उक्त योजना ल्याइएको हो।

हालै तयारी पारिएको योजना कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचारसमेत गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले उक्त योजना समेटेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।

मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा परिपत्र गर्न र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात वटै प्रदेशमा परिपत्रका लागि अनुरोधसहित पत्र पठाएको छ।

Ncell 2
Ncell 2

उक्त योजनामा सडकमा ग्रीन बेल्ट विकास गर्नुपर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने, सवारी साधनबाट सिर्जित फोहरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने, दैनिक सडकको सरसफाइ गर्ने, यान्त्रिक कुचोको माध्यमबाट सफा गरी सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्ने, सहर भित्रिने मुख्य नाकामा वासिङ सेन्टर स्थापना गरी सवारी साधनलाई सफा बनाई शहरभित्र पस्ने व्यवस्था मिलाउने भनिएको छ।

त्यस्तै भेहिकल फिटनेश सेन्टरको स्थापना गर्ने, प्रदूषण फैलाउने पुराना सवारी साधनलाई विस्थापन गर्ने, सवारी साधनभित्र कुहिने र नकुहिने फोहरका लागि फरकफरक डस्टबिन राख्नुपर्ने र उक्त फोहरको उचित स्थानमा विसर्जन गर्नुपर्ने, यात्रुका लागि सवारी साधनमा बमन थैलीको व्यवस्था गर्नुपर्ने, गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्न नहुने, त्यस्तो राखेको पाइएमा यथाशीघ्र सावरी धनीले उक्त लेखन तथा विज्ञापन हटाउनुपर्ने उल्लेख छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा यात्रु राख्न रोक लगाउने, राखेको पाइएमा प्रहरीमार्फत कारबाही प्रक्रियाअघि बढाउने, सार्वजनिक यातायात तथा सरकारी सवारी साधनमा जिपिएस जडान गर्नुपर्ने, ट्राफिक व्यवस्थापन सम्बन्धमा समय समयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, साइकलको लागि छुट्टै लेनको व्यवस्थापन गर्नुपर्ने, अपाङ्गतामैत्री, बालबालिकामैत्री सडक सञ्जाल विस्तार गर्नुपर्ने उल्लेख छ।

त्यस्तै खाल्डाखुल्डी नियमित पुर्नुपर्ने, सडक पूर्वाधारको मर्मत कार्य समयमै गर्नुपर्ने, ट्राफिक लाइट तथा सडक चिह्नको उचित व्यवस्थापन तथा नियमित मर्मत सम्भार गर्नुपर्ने सार्वजनिक यातायातलाई भरपर्दो बनाई निजी सवारी साधन राख्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने उक्त योजनामा उल्लेख छ।

योजनमा नयाँ सहर विकास गर्दा पार्किङ क्षेत्रको पहिले नै पहिचान गर्नुपर्ने, सडक छेउमा निर्माण सामग्री थुपार्ने, संरचना निर्माण गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने, सडक क्षेत्र पूर्ण प्रयोगमा ल्याउने, सडक रुट, सडकको अवस्था, जनघनत्व, बस्ती संरचनालाई अध्ययन गरे मात्र रुट निर्धारण तथा रुट परमिट जारी गर्नुपर्ने, वैकल्पिक रुटको प्रबन्ध गर्ने, मुख्यमुख्य चोकमा सिसिटिभी क्यामेराको व्यवस्था गर्ने, सडकको अवस्था हेरी गतिको अधिकतम सीमा कायम गर्ने विषय समावेश छ।

गृह मन्त्रालयले बिहीबार गरेको परिपत्रमा मादकपदार्थ सेवन जाँच कडाइका साथ गर्ने, सार्वजनिक सवारीको प्रत्येक रुटमा चढाउने र ओराल्ने स्थान तोक्नुपर्ने, उपत्यका जस्तो सवारी चाप भएको स्थानमा साना सवारी (कार, मोटरसाइकल, टेम्पो, माइक्रो) को सट्टामा ठूला सार्वजनिक सवारीलाई प्रोत्साहन गर्नुपर्ने, लेन मार्किङ, डिभाइडर, ट्राफिक सिग्नल जस्ता सडक फर्निचरको व्यवस्था गर्नुपर्ने कुरा समावेश छ।

मन्त्रालयले पर्याप्त फुटपाथको व्यवस्था, फुटपाथमा व्यापार गर्ने, अन्य पूर्वाधार विकास गर्ने, सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गर्ने घटना दिनानुदिन बढिरहेको हुँदा हाल कायम रहेको सजाय/जरिवानालाई वृद्धि गर्नुपर्ने, अभिमुखीकरण कक्षा सञ्चालन गर्नुपर्ने, सवारी सधानमा यात्रा गर्ने यात्रुहरुको बीमाको व्यवस्था गर्नुपर्ने, जथाभावी हर्न बजाउन रोक्ने, सवारी साधनको स्वरुप परिवर्तन गर्नेलाई कारबाही, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, विद्यालयको पाठ्यक्रममा ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान समावेश गर्नुपर्ने, सवारी चालकलगायत कर्मचारीले सभ्य भाषा, शैली र व्यवहारको प्रदर्शन गर्नुपर्ने योजना समेत निर्माण गरी कार्यान्वयनमा लगेको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार, मंसिर १५, २०८२
प्रधानमन्त्री कार्की र जेन जेड आन्दोलनका सहिद परिवारबीच छलफल सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरवारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भने... आइतबार, मंसिर १४, २०८२
देशभर नयाँ १६८ वटा मतदानस्थल थप आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी द... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग सोमबार, मंसिर १५, २०८२
एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधि लागि आज नेपाल र यूएई भिड्दै सोमबार, मंसिर १५, २०८२
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने? सोमबार, मंसिर १५, २०८२
भारतमा नरभक्षी ब्वाँसोको आतङ्क, ड्रोनमार्फत निगरानी आइतबार, मंसिर १४, २०८२
देशहित कसरी गर्ने भनेर चिन्तित छौँ : माधव नेपाल आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार, मंसिर १४, २०८२
काठमान्डु पाँच विकेटले विजयी हुँदै ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्