काठमाडौं– नेकपा माओवादी केन्द्रका सचेतक देव गुरूङले अमेरिकालाई एमसीसी र एसपीपीको विषयमा रहेर तुरुन्त पत्राचार गर्न सरकार समक्ष आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले उक्त माग गरेका हुन्।
गुरुङले एसपीपीबारे परराष्ट्रबाट पत्राचार नभएकोले तुरुन्त पत्राचार गर्न आग्रह गरेका छन्।
त्यस्तै, एसपीपी आईपीएसको अंग २०१९ बाट बनिसकेको सार्वजनिक भएपछि नेपाल त्यसको सदस्य हुनसक्दैन भनेर पनि पत्राचार गर्न गुरुङले सरकारलाई आग्रह गरेका छन्।
सदनबाट एमसीसी पास गर्दा तयार गरिएको १२ बुँदे व्याख्यालाई अमेरिकाले स्वीकार नगरेकाले त्यो स्वीकार हुन्छ कि हुँदैन भनेर समेत पत्राचार गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
अन्यथा गुरुङले एमसीसीलाई रोक्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।