काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रैलाले किसानले मल पाउने÷नपाउनेबारे सरकारले सदनमा जानकारी दिन माग गरेकी छन्।
प्रतिनिधि सभामा बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले उक्त माग गरेकी हुन्।
‘मानो रोपेर मुरी उब्जाउने बेला किसानले मल पाएका छैनन्,’ उनले भनिन्, ‘किसानले मल कहिले पाउँछन्? त्यसबारे सदनमा जानकारी दिन सभामुखमार्फत् माग गर्दछु।’
देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट भएको क्षतिप्रति सरकारले ध्यान दिन पनि आग्रह गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।