• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मासिक १० अर्ब घाटामा आयल निगम, हाकिमलाई २ करोडको गाडी किन्ने होड!

मन्त्रीलाईसमेत कारबाही गर्ने थानीको चेतावनी!
64x64
दुर्गा दुलाल मंगलबार, असार २१, २०७९  १७:५८
1140x725

काठमाडौं– अहिलेको अवस्थामा सरदर मासिक १० अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको नेपाल आयल निगममा बेथितीको चाङ लाग्ने गरेको छ।

मितव्ययी भएर खर्च कटौती गर्नुपर्ने बेलामा निगमका हाकिम भने फजुल गर्दै उल्टै निगमलाई टाट पल्टाउने ध्याउन्नमा लागेका छन्।

घाटा बेहोर्नु पर्दा निगम टाट पल्टने अवस्थामा आएको भन्दै निरन्तर बढाइएको पेट्रोलियम पदार्थको मूल्य सूची अझै उकालो लाग्दो छ। तर, यस्तो बेलामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी भने फजुल खर्च गर्दै गाडी खरिदको चक्करमा लागेका छन्।

असार १२ मा मात्रै नेपाल आयल निगमले गोरखापत्रमा बोलपत्र निकाल्दै ३ वटा विद्युतीय गाडी खरिदको प्रक्रिया अघि बढाउन सुरु गरेको छ। थानीसहितका निगमका हाकिमलाई आवश्यक भन्दै तीन वटा गाडी खरिदको प्रक्रिया अघि बढाइएको हो। 

उच्च स्रोतका अनुसार तीन वटा गाडी खरिदका लागि भन्दै निगमले ६० लाख रुपैयाँ दरले १ करोड ८० लाख रुपैयाँ छुट्याएको छ। निगम उच्च स्रोतले नेपाल लाइभसँग भन्यो, ‘छुट्याइएको १ करोड ८० लाख रुपैयाँ हो। पछि यसको दर बढ्न पनि सक्छ।’

जबकी आयल निगमका कार्यकारी निर्देशकदेखि कुनै पनि हाकिमलाई यतिबेला गाडीको खाँचो देखिएको छैन। तर, कमिसनको चक्करमा गाडी खरिदको प्रक्रिया अघि बढाइएको भन्दै शंका उत्पन्न गरिएको छ। 

निमगले गाडी खरिद गर्नेबारे प्रक्रिया अघि बढाइएपछि कर्मचारी युनियनहरुले यसको बिरोधसमेत गरेका थिए। उनीहरुले अर्बौं घाटामा रहेको निगमलाई अहिले गाडीको आवश्यकता नरहेको भन्दै गाडी खरिद प्रक्रिया रद्द गर्न भन्दै थानीलाई नै आग्रह गरेका थिए। तर, थानीले कर्मचारी युनियनको कुरा सुन्दै नसुनी गाडी खरिदको प्रक्रिया अघि बढाएका छन्।  

गाडी खरिदको प्रक्रिया अघि बढाएपछि नेपाल आयल निगम कर्मचारी संघ (आधिकारीक ट्रेड युनियन)ले कार्यकारी निर्देशक थानीसमक्ष गाडी खरिद प्रक्रिया रद्द गर्नुपर्ने भन्दै लिखित रुपमै पत्र बुझाएको थियो। विभिन्न १२ वटा माग राखेर कार्यकारी निर्देशक थानीलाई पेस गरिएको पत्रको पहिलो बुँदामै गाडी खरिद प्रक्रिया रद्द गर्नुपर्ने उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ निगमको केन्द्रीय कार्यालय टेकुको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिने प्रक्रिया अघि बढाइएको छ। यस विषयमा उक्त प्रक्रिया समेत रोक्नुपर्ने कर्मचारी युनियनको माग छ।

तेल खरिदका लागि जग्गा नै धितो राखेर ऋण लिने र आवश्यक नै नरहेका बेला हाकिमलाई २ करोडको गाडी खरिद गर्द लागिएको भन्दै कर्मचारीले बिरोध गरेका छन्।

अझ कतिसम्म भने निगमले यसअघि खरिद गरेका गाडीसमेत अहिले कहाँ छन् भन्नेबारे यकिन समेत नभएको तथ्य भेटिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निगमले यसअघि खरिद गरेको बा १ ञ २१४३ नम्बरको र्‍याभ४ गाडीसहित निगमले खरिद गरेका अन्य गाडी तथा भौतिक सम्पत्तिहरुको खोजबिन गर्नुपर्ने माग राख्दै पत्र बुझाइएको छ। 

निमगले खोजी गर्नुपर्ने भनेर नम्बर नै उल्लेख गरेको गाडी भने निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई चढ्न दिएका थिए। कार्यकारी निर्देशक पौडेलले त्यसबेला मन्त्रीको चाकडी गर्नकै लागि उक्त गाडीसहित त्यसबेला छ वटा गाडी मन्त्रालयलाई दिएका थिए।  

बा १ ञ २१४३ नम्बरको गाडीलगायत अन्य गाडीको अवस्था अहिलेसम्म यकिन नभएको भन्दै खोजीबिन गर्नुपर्ने भन्दै कार्यकारी निर्देशक थानीसमक्ष माग गरिए पनि थानीकै बेवास्ताका कारण अहिलेसम्म गाडी खोजबिन हुनसकेको निमग स्रोतको भनाइ छ। 

मन्त्रीलाईसमेत कारबाही गर्ने थानीको चेतावनी!
‘आयल निगमले घाटा खाएर इन्धन बेच्नु परेकाले निगम टाट पल्टिने अवस्था आएको छ’ नेपाल उद्योग वाणिज्य महासंघले जेठ ८ गते आयोजना गरेको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रासद बडूले भने, ‘अहिले खाना पकाउने ग्यासको मूल्य बढाउने हो भने बबाल हुने अवस्था छ। तर नबढाई भएको छैन।’ यसो भन्दै बोल्न सुरु गरेका मन्त्री बडूले थपे, ‘आयल निगम चरम घाटामा जान थालेकाले निजी क्षेत्रबाट प्रतिस्पर्धी कम्पनी ल्याउएर इन्धन आपूर्ति गर्नेबारेमा समेत तयारी भइरहेको छ।’ यसअघि र पछि पनि विभिन्न कार्यक्रममा मन्त्री बडूले निजी क्षेत्रलाई समेत इन्धन आयात गर्न दिएर प्रतिस्पर्धी बनाइने बताउँदै आएका छन्।

निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने भन्ने मन्त्री बडूको अभिव्यक्ति भने निगमका कार्यकारी निर्देशक थानीलाई मन परेको थिएन। मन्त्रीको यस्तो अभिव्यक्ति आइरहँदा थानीले प्रधानमन्त्रीबाट मन्त्री बडूलाई कारबाही गराउनेसम्मको चेतावनी दिएको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ।  

सोमबार निगमको मुख्य कार्यालय टेकुमा सबै कर्मचारीलाई उपस्थित गराउँदै कार्यकारी निर्देशक थानीले भने, ‘मन्त्रीज्यूले निगमलाई निजीकरण गराउने भन्दै बोल्नु भएको छ। यस्तो हुँदैन। यो विषयमा प्रधानमन्त्री ज्यूलाई भनेर मन्त्रीलाई एक/दुई दिनमै कारबाही हुन्छ। तपाईहरु भिडियो नखिच्नुस्, रेकर्ड नगर्नुस् तर मन्त्रीलाई कारबाही हुन्छ।’

कर्मचारीलाई बोलाएर मन्त्रीलाई नै कारबाही गर्ने चेतावनी दिएको विषयलाई कर्मचारीले भने अर्कै अर्थमा बुझेका छन्। गाडी खरिद प्रक्रिया रद्द लगायतका माग राख्दै मन्त्रालयसम्म ज्ञापनपत्र बुझाएको विषयमा कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिन बालुवाटारको धम्की दिएर थामथुम पार्ने अस्त्रको रुपमा निगमका कर्मचारीले बुझेका छन्।

हवाइजहाज कम्पनीका धरौटीदेखि निगमका सबै कोष रित्तिए
निरन्तर घाटा खाएर तेल बेच्नु पर्दा सबै कोष रित्तिसकेको निमगले जनाएको छ।

पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि निगमको आन्तरिक श्रोततर्फ रहेको कर्मचारी आवास व्यवस्थामा रहेको ३ अर्व २६ करोड, बिक्रेता तथा हवाइजहाज कम्पनीहरुको धरौटी रकम १ अर्ब ४५ करोड, कर्मचारी वोनस व्यवस्थामा रहेको ३ अर्ब ४७ करोड, ह्रास कोषको १ अर्ब ४२ करोड र मूल्य स्थिरिकरण कोषको १४ अर्ब गरी करिब २३ अर्ब ६० करोड खर्च भई निगमको सवै कोष रित्तिसकेको निमग स्रोतले जनाएको छ। 

रुस–युक्रेन युद्धको असर पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्नु, क्रुड आयलको मूल्य बढ्नु, प्रशोधन खर्च उच्च हुनु तथा अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर कमजोर हुँदा पेट्रोलियम पदार्थको कारोबारबाट ५० अर्ब नोक्सानी ब्यहोरिएको निगमले जनाएको छ।  

इण्डियन आयल कर्पोरेशनलाई मात्रै नेपाल आयल निगमले २३ अर्ब रुपैयाँ वक्यौता तिर्न बाँकी नै रहेको छ।

सन् २०२१ जनवरी पश्चात् अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्न थाले नि पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण कार्यविधि, २०७१ बमोजिम मूल्य समायोजन गर्न नसक्दा निगमले उच्च घाटा व्यहोर्नु परेको निगमले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो जलवायुजन्य विपद्बाट भएको क्षति सम्बोधन गर्न स्थापित हानि–नोक्सानी कोषको अक्टोबर २२ मा बसेको विशेष बैठकले नेपाललाई अनुदान दिने निर्णय... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्