• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मासिक १० अर्ब घाटामा आयल निगम, हाकिमलाई २ करोडको गाडी किन्ने होड!

मन्त्रीलाईसमेत कारबाही गर्ने थानीको चेतावनी!
64x64
दुर्गा दुलाल मंगलबार, असार २१, २०७९  १७:५८
1140x725

काठमाडौं– अहिलेको अवस्थामा सरदर मासिक १० अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको नेपाल आयल निगममा बेथितीको चाङ लाग्ने गरेको छ।

मितव्ययी भएर खर्च कटौती गर्नुपर्ने बेलामा निगमका हाकिम भने फजुल गर्दै उल्टै निगमलाई टाट पल्टाउने ध्याउन्नमा लागेका छन्।

घाटा बेहोर्नु पर्दा निगम टाट पल्टने अवस्थामा आएको भन्दै निरन्तर बढाइएको पेट्रोलियम पदार्थको मूल्य सूची अझै उकालो लाग्दो छ। तर, यस्तो बेलामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी भने फजुल खर्च गर्दै गाडी खरिदको चक्करमा लागेका छन्।

असार १२ मा मात्रै नेपाल आयल निगमले गोरखापत्रमा बोलपत्र निकाल्दै ३ वटा विद्युतीय गाडी खरिदको प्रक्रिया अघि बढाउन सुरु गरेको छ। थानीसहितका निगमका हाकिमलाई आवश्यक भन्दै तीन वटा गाडी खरिदको प्रक्रिया अघि बढाइएको हो। 

उच्च स्रोतका अनुसार तीन वटा गाडी खरिदका लागि भन्दै निगमले ६० लाख रुपैयाँ दरले १ करोड ८० लाख रुपैयाँ छुट्याएको छ। निगम उच्च स्रोतले नेपाल लाइभसँग भन्यो, ‘छुट्याइएको १ करोड ८० लाख रुपैयाँ हो। पछि यसको दर बढ्न पनि सक्छ।’

जबकी आयल निगमका कार्यकारी निर्देशकदेखि कुनै पनि हाकिमलाई यतिबेला गाडीको खाँचो देखिएको छैन। तर, कमिसनको चक्करमा गाडी खरिदको प्रक्रिया अघि बढाइएको भन्दै शंका उत्पन्न गरिएको छ। 

निमगले गाडी खरिद गर्नेबारे प्रक्रिया अघि बढाइएपछि कर्मचारी युनियनहरुले यसको बिरोधसमेत गरेका थिए। उनीहरुले अर्बौं घाटामा रहेको निगमलाई अहिले गाडीको आवश्यकता नरहेको भन्दै गाडी खरिद प्रक्रिया रद्द गर्न भन्दै थानीलाई नै आग्रह गरेका थिए। तर, थानीले कर्मचारी युनियनको कुरा सुन्दै नसुनी गाडी खरिदको प्रक्रिया अघि बढाएका छन्।  

गाडी खरिदको प्रक्रिया अघि बढाएपछि नेपाल आयल निगम कर्मचारी संघ (आधिकारीक ट्रेड युनियन)ले कार्यकारी निर्देशक थानीसमक्ष गाडी खरिद प्रक्रिया रद्द गर्नुपर्ने भन्दै लिखित रुपमै पत्र बुझाएको थियो। विभिन्न १२ वटा माग राखेर कार्यकारी निर्देशक थानीलाई पेस गरिएको पत्रको पहिलो बुँदामै गाडी खरिद प्रक्रिया रद्द गर्नुपर्ने उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ निगमको केन्द्रीय कार्यालय टेकुको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिने प्रक्रिया अघि बढाइएको छ। यस विषयमा उक्त प्रक्रिया समेत रोक्नुपर्ने कर्मचारी युनियनको माग छ।

तेल खरिदका लागि जग्गा नै धितो राखेर ऋण लिने र आवश्यक नै नरहेका बेला हाकिमलाई २ करोडको गाडी खरिद गर्द लागिएको भन्दै कर्मचारीले बिरोध गरेका छन्।

अझ कतिसम्म भने निगमले यसअघि खरिद गरेका गाडीसमेत अहिले कहाँ छन् भन्नेबारे यकिन समेत नभएको तथ्य भेटिएको छ।

निगमले यसअघि खरिद गरेको बा १ ञ २१४३ नम्बरको र्‍याभ४ गाडीसहित निगमले खरिद गरेका अन्य गाडी तथा भौतिक सम्पत्तिहरुको खोजबिन गर्नुपर्ने माग राख्दै पत्र बुझाइएको छ। 

निमगले खोजी गर्नुपर्ने भनेर नम्बर नै उल्लेख गरेको गाडी भने निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई चढ्न दिएका थिए। कार्यकारी निर्देशक पौडेलले त्यसबेला मन्त्रीको चाकडी गर्नकै लागि उक्त गाडीसहित त्यसबेला छ वटा गाडी मन्त्रालयलाई दिएका थिए।  

बा १ ञ २१४३ नम्बरको गाडीलगायत अन्य गाडीको अवस्था अहिलेसम्म यकिन नभएको भन्दै खोजीबिन गर्नुपर्ने भन्दै कार्यकारी निर्देशक थानीसमक्ष माग गरिए पनि थानीकै बेवास्ताका कारण अहिलेसम्म गाडी खोजबिन हुनसकेको निमग स्रोतको भनाइ छ। 

मन्त्रीलाईसमेत कारबाही गर्ने थानीको चेतावनी!
‘आयल निगमले घाटा खाएर इन्धन बेच्नु परेकाले निगम टाट पल्टिने अवस्था आएको छ’ नेपाल उद्योग वाणिज्य महासंघले जेठ ८ गते आयोजना गरेको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रासद बडूले भने, ‘अहिले खाना पकाउने ग्यासको मूल्य बढाउने हो भने बबाल हुने अवस्था छ। तर नबढाई भएको छैन।’ यसो भन्दै बोल्न सुरु गरेका मन्त्री बडूले थपे, ‘आयल निगम चरम घाटामा जान थालेकाले निजी क्षेत्रबाट प्रतिस्पर्धी कम्पनी ल्याउएर इन्धन आपूर्ति गर्नेबारेमा समेत तयारी भइरहेको छ।’ यसअघि र पछि पनि विभिन्न कार्यक्रममा मन्त्री बडूले निजी क्षेत्रलाई समेत इन्धन आयात गर्न दिएर प्रतिस्पर्धी बनाइने बताउँदै आएका छन्।

निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने भन्ने मन्त्री बडूको अभिव्यक्ति भने निगमका कार्यकारी निर्देशक थानीलाई मन परेको थिएन। मन्त्रीको यस्तो अभिव्यक्ति आइरहँदा थानीले प्रधानमन्त्रीबाट मन्त्री बडूलाई कारबाही गराउनेसम्मको चेतावनी दिएको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ।  

सोमबार निगमको मुख्य कार्यालय टेकुमा सबै कर्मचारीलाई उपस्थित गराउँदै कार्यकारी निर्देशक थानीले भने, ‘मन्त्रीज्यूले निगमलाई निजीकरण गराउने भन्दै बोल्नु भएको छ। यस्तो हुँदैन। यो विषयमा प्रधानमन्त्री ज्यूलाई भनेर मन्त्रीलाई एक/दुई दिनमै कारबाही हुन्छ। तपाईहरु भिडियो नखिच्नुस्, रेकर्ड नगर्नुस् तर मन्त्रीलाई कारबाही हुन्छ।’

कर्मचारीलाई बोलाएर मन्त्रीलाई नै कारबाही गर्ने चेतावनी दिएको विषयलाई कर्मचारीले भने अर्कै अर्थमा बुझेका छन्। गाडी खरिद प्रक्रिया रद्द लगायतका माग राख्दै मन्त्रालयसम्म ज्ञापनपत्र बुझाएको विषयमा कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिन बालुवाटारको धम्की दिएर थामथुम पार्ने अस्त्रको रुपमा निगमका कर्मचारीले बुझेका छन्।

हवाइजहाज कम्पनीका धरौटीदेखि निगमका सबै कोष रित्तिए
निरन्तर घाटा खाएर तेल बेच्नु पर्दा सबै कोष रित्तिसकेको निमगले जनाएको छ।

पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि निगमको आन्तरिक श्रोततर्फ रहेको कर्मचारी आवास व्यवस्थामा रहेको ३ अर्व २६ करोड, बिक्रेता तथा हवाइजहाज कम्पनीहरुको धरौटी रकम १ अर्ब ४५ करोड, कर्मचारी वोनस व्यवस्थामा रहेको ३ अर्ब ४७ करोड, ह्रास कोषको १ अर्ब ४२ करोड र मूल्य स्थिरिकरण कोषको १४ अर्ब गरी करिब २३ अर्ब ६० करोड खर्च भई निगमको सवै कोष रित्तिसकेको निमग स्रोतले जनाएको छ। 

रुस–युक्रेन युद्धको असर पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्नु, क्रुड आयलको मूल्य बढ्नु, प्रशोधन खर्च उच्च हुनु तथा अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर कमजोर हुँदा पेट्रोलियम पदार्थको कारोबारबाट ५० अर्ब नोक्सानी ब्यहोरिएको निगमले जनाएको छ।  

इण्डियन आयल कर्पोरेशनलाई मात्रै नेपाल आयल निगमले २३ अर्ब रुपैयाँ वक्यौता तिर्न बाँकी नै रहेको छ।

सन् २०२१ जनवरी पश्चात् अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्न थाले नि पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण कार्यविधि, २०७१ बमोजिम मूल्य समायोजन गर्न नसक्दा निगमले उच्च घाटा व्यहोर्नु परेको निगमले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्