विराटनगर– नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसदमा मनोनित हिमा बस्नेत भट्टराईले शपथ ग्रहण गरेकी छन्।
अल्पसंख्यकको कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुन राजीनामा दिएपछि उनले बाँकी चार महिना सांसद बन्ने अवसर प्राप्त गरेकी हुन्।
सहिछाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि खातुनले राजीनामा दिएकी हुन्। मंगलबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले उनलाई शपथग्रहण गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।