काठमाडौं– काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको मंगलबारको बैठक सरेको छ। बुधबारका लागि बस्ने गरि बैठक सरेको नेता गणेश साहले जानकारी दिए।
‘आज बैठक बस्दैन। भोलिका लागि सरेको छ,’ उनले भने, ‘अहिले अध्यक्षको निवासमा पूर्वस्थायी समितिको बैठक जारी छ।’
अध्यक्षनिवास खुमलटारमा जारी पूर्वस्थायी समिति सदस्यहरुको बैठकका अजेन्डा भने सार्वजनिक भएको छैन।
स्रोतका अनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री जनार्दन शर्मा विषयमा सार्वजनिक भएको विवाद लगायतका विषयमा खुमलटारमा नेताहरु छलफलमा जुटेका हुन्। मंगलबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको थियो।
केन्द्रीय समितिका सदस्यहरुले यथाशक्य चाडो पार्टी पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।