काठमाडौं– नेपाली कांग्रेसले आज मंगलबार पदाधिकारी बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेसले जनाएको छ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ। बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा आउँदो निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ।
कांग्रेसले गएको स्थानीय तहको निर्वाचनको समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।