काठमाडौं–लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका छन्। नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ राप्रपा नेपालका प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने बताए। राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरुको त्रिशंकु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै उनले धर्म परिवर्तन, बेरोजगारी, भ्रस्टाचार र कुशासनको अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताए।
सो अवसरमा नेकपा मालेका केन्द्रीय सदस्य वीरसिंह तामाङ पनि राप्रपा नेपालमा प्रवेश गरेका थिए। यसैगरी राप्रपाका गौरव नेपालीको नेतृत्वमा १ सय पाँच जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।