काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन सोमबार ४३ जनाले धारणा राखेका छन्।
आइतबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा ४३ जनाले सकारात्मक, सिर्जनात्मक र यथार्थपरक रूपमा आफ्नो विचार, धारणा र सुझाव पेश गरेको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।
बैठक मंगलबार ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।