काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले छिमेकसँगको सम्बन्ध गम्भीर हिसाबले खलबलिएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘हाम्रो छिमेकसँग विदेश नीति परराष्ट्र नीति र सम्बन्ध बहुतै गम्भीर हिसाबले खलबलिएका छन्। क्षतविक्षत भएका छन्,’ उनले भने,‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न सकिन्छ तर, सुधार्न समय लाग्छ। गैर जिम्मेवार हिसाबले छिमेकसँगको सम्बन्ध बिगार्न खोजिएको छ।’
उनले नेकपा एमाले कसैको नजिक र ढाटा नहुने भन्दै आफ्नो पार्टी राष्ट्रिय हितप्रति प्रतिबद्ध रहेको बताए। उनले अहिलेको सरकारको गतिविधिले पछिसम्म अप्ठयारो पार्न सक्ने भन्दै त्यसमा गम्भीर हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।