काठमाडौं– एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार ‘म नै राज्य हुँ’ भन्ने पाराले चलेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै आलीले उक्त कुरा बताएका हुन्।
बजेट निर्माणमा भएको चलखेलको बारे एमालेले उठाएको चासोमा सरकार पक्षले एमाले को हो भनेर सोधेको भनेर इङित गर्दै यो सरकार ‘म नै राज्य हुँ' भन्ने पाराले चलेको उनले बताए।
त्यस्तै ओलीले एमाले मात्र संसद र जनता प्रति उत्तरदायी रहेको दाबी गरे। ‘को हो एमाले? एमाले त अहिलेको संसद चलाउने पार्टी हो। संख्या हेरौं न। एमाले केति छ, को हो भनेर हेरौँ न’ उनले भने, ‘अरु पार्टीलाई संसद प्रति कुनै रुची छ र? जनताको समस्या प्रति रुची छ? संसद गनौं त यो सदन चलाउन एमाले नहुने हो भने कोरम पुग्दैन। अनी प्रतिपक्षी को हो भन्ने यो अवधारणा ‘म नै राज्य हुँ’ भन्ने रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।