काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले बजेट निर्माणमा अनाधिृकत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय छानबिन गर्नुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेषय समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा केही घरानालाई फाइदा पुग्ने गरि अनाधिकृत रुपमा प्रवेश भएको बारे छानबिनको माग गरेका हुन्।
‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू संसदीय छानबिन समिति बनाऔं। यस्ता विषयमा छानबिन हुनैपर्छ,’ उनले भने, ‘बाहिरिया मानिस राखेर, बिचौलिया राखेर बजेट बनाउन नै मिल्दैन। राज्य थितिमा चल्नुपर्दैन? यसको छानबिन हुनुपर्छ। प्रधानमन्त्रीले कबुल गर्नुपर्छ यो गर्छु भनेर।’
उनले प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर चुप लागेर बस्न नमिल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।