काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अनधिकृत मानिस राखेर केही घरानाका लागि फाइदा पुग्ने गरि बजेट निर्माण गरिएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘केही घरानाका अनुहार हेरेर बजेट निर्माण गरिएको छ। घराना विशेषका लागि बजेट किन निर्माण भयो। यस्तो बजेट बनाउनका लागि अर्थमन्त्रालयका कर्मचारीहरु उनीहरुको भर परिएन बजेट बनाउदा केही रणनीति अन्तर्गत अनधिकृत मानिसहरु राखेर बजेट बनाइएको छ,’ उनले भने, ‘सेटिङ गरिकन कुन उद्योगका लागि के छुट दिनुपर्छ अरु उद्योगलाई कसरी सुकाइदिन सकिन्छ भन्ने हिसाबले गरियो। संसद्मा प्रश्न उठेपछि जवाफ चाहिन्छ की चाहिँदैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।