काठमाडौं– नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने बताएको छ। बागमतीमा सरकार परिवर्तनका लागि गठबन्धनका अन्य दलले हस्ताक्षर संकलन गरेका बेला एकीकृत समाजवादीले यस्तो बताएको हो।
शनिबार प्रदेश सभा संसदीय दलको बैठकपछि उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनबाटै यो सरकार बनेको हुनाले गठबन्धनले जे फैसला गर्छ, त्यही हुने बताए।
‘मुख्यमन्त्रीले राजीनामा दिने भन्ने प्रश्नै उठ्दैन, माथिबाट निर्णय भएमात्रै दिनुहुन्छ,’ उनले भने। बागमतीमा छाड्दा अन्यत्र कहाँ पाउने भन्ने प्रश्न उठ्ने भएकाले गठबन्धनले मिलाएर जाउँ भनेका बखत मुख्यमन्त्रीले सहज ढंगले राजीनामा दिने खनालले बताए।
गठबन्धनले कुनै निर्णय नगर्दासम्म तल चलेका हल्ला र चर्चाको कुनै तुक नभएको बताए।
शनिबारको संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा कुराकानी भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।