काठमाडौं-नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्काशित भएका छन्। सो अभियानका आबद्ध चार दलले शनिबार गौतमलाई निस्कासन गरेका हुन्।
अभियानमा आबद्ध चार दलहरु समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टीले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निस्कासन गरेका हुन्। उनीहरुले युवराज सफललाई संयोजकको जिम्मेवारी दिएका छन्।
गौतममाथि लगाइएका आरोप यस्ता छन्-
१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको।
२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको।
३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको।
५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्यविपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।