काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्।
शनिबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन्। अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै मन्त्री बडूले नेता कोईराला आदर्श र मूल्यमन्यताको प्रतिक भएकोले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए।
मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए। जीपी कोईराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको पनि मन्त्री बडूले उद्घोष गरे।
मन्त्री बडूले गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीतिअन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिष्पर्धा परिणाममा देखाइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।