काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु आज (शनिबार) बाराको निजगढ जाने भएका छन्।
प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत निगगढ जाने भएका हुन्।
प्रस्थावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको स्थलगत अवलोकनका लागि शीर्ष नेताहरु बारा जान लागेका हुन्।
सर्वोच्च अदालतले निजगढमा जंगल मासेर विमानस्थल निर्माणको कानुनी औचित्य नभएको भन्दै फैसला सुनाएपछि विमानस्थल निर्माणको विषय अन्यौलमा परेको छ।
सर्वोच्च अदालतले वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।