काठमाडौं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालापक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको अजेण्डामा हिडेको निस्कर्ष निकालेको छ।
बिहीबारदेखि सुरु भएको कोइराला पक्षीय भेलाले देउवा पार्टीको विधानविपरीत अघि बढेको भन्दै आफूहरुले सशक्त हस्तक्षेप गर्नुपर्ने ठहर गरेको छ। काठमाडौंको अनुपम फुडल्याण्डमा बसेको दुई दिनको भेलामा समसामयिक विषय, स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लिने रणनीतिका बारेमा छलफल भएको थियो।
शुक्रबार सकिएको बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निस्कर्ष निकालिएको बताए। त्यस्तै पार्टीको विधान अनुसार गठन गर्नुपर्ने विभागसमेत गठन गर्न नसकेको र विभागहरुमा एकलौटी रुपमा जिम्मेवारी तोकिएको उनीहरुले ठहर गरेका छन्।
सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासनसम्बन्धी गरेका राजनीतिक प्रतिबद्धता पूरा गर्न नसकेको निस्कर्ष पनि शेखर समूहले निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।