काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बहराइनका लागि तीर्थराज वाग्लेलाई आवासीय राजदूतमा नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा वाग्लेलाई राजदूतमा नियुक्त गरिएको जानकारी दिइएको छ।
राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिसमा वाग्लेलाई नियुक्त गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।