काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपाली राजदूत प्रा श्रीधर खत्रीलाई मेक्सिकोका लागि पनि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ।
विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागिसमेत गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।