काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो।
उक्त पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेशनल इन्डिपेन्ड पार्टी (एनआइपी) का रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेको छ। आफूले घन्टी र गोलाकारभित्रको घन्टी विकल्प दिएर निर्वाचन आयोगमा दर्ता निवेदन दिएको लामिछानेले बताए।
घन्टी अर्कै पार्टीको चुनाव चिह्न भएकाले गोलाकारभित्रको घन्टी पाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न स्वतन्त्र उम्मेदवारले गराएको निवेदन आयोगले खारेज गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।