काठमाडौं– विभिन्न ६ वटा कम्युनिष्ट पार्टी/माेर्चाले महँगी, मल अभाव, नागरिकता विधेयक र पेट्रोलियम पदार्थमा भइरहेको मूल्यविद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारमा बसेकाहरुले कमिसनको लोभमा जनतामाथि कष्ट थोपरेको भन्दै आन्दोलको घोषणा गरिएको बताएका छन्।
उनीहरुले एमसीसी पारित गर्नुका साथै पुनः अर्को राष्ट्रघाती सम्झौता एसपीपी संसद्मा टेबुल गर्ने खेल भइरहेकाले त्यसको विरोधमा संघर्षको कार्यक्रम सार्वजनिक गरेको बताएका छन्। साथै नागरिकता विधेयककाे पनि विराेध गरेका छन्।
उनीहरुले असार २७ गते विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, सुर्खेत र धनगढीमा विरोध प्रदर्शन गर्ने भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी मसाल(केन्द्रीय समन्वय समिति, नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी र संयुक्र क्रान्तिकारी मोर्चा नेपालले विरोध प्रदर्शनको कार्यक्रमबारे संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।