काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
बैठक आउँदो साउन ५ र ६ गते काठमाडौंमा बस्नेगरि बोलाइएको हो।
यसअघि असारको पहिलो साता बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको थियो।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनोटको मापदण्ड, सांगठनिक अवस्था र संगठन सुदृढीकरण, आर्थिक लगायत समग्र पक्षमा छलफल हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।