काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला शुक्रबार पनि बस्ने भएको छ। भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो २ बजेका लागि बोलाइएको छ।
बिहीबारको भेलामा सबैले आफ्ना कुरा राख्ने क्रम नसकिएकाले शुक्रबार पनि भेला बोलाइएको नेता चन्द्र भण्डारीले जानकारी दिए।
बिहीबारको बैठकमा सत्ता गठबन्धन, पार्टीभित्रको गतिविधि, सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बारेमा छलफल भएको थियो।
त्यस्तै, सत्ता गठबन्धनलाई कसरी लैजानेदेखि पार्टीभित्र कसरी दबाब बढाउने विषयसम्म बिहीबारको भेलामा सहभागी वक्ताहरुले राखेको भण्डारीले बताए।
भेलाले निरन्तर छलफल गरेर निस्कर्षमा पुग्ने र पार्टी नेतृत्वलाई दबाब नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।