काठमाडौं–नेपाली कांग्रेसको शेखर कोइराला पक्षको भेला शुक्रबार पनि बस्ने भएको छ। शुक्रबार २ बजे बैठक बसेर निस्कर्ष निकाल्ने कोइरालापक्षले जनाएको छ। बिहीबार नयाँ बानेश्वरमा बसेको भेलामा सबैले आफ्ना कुरा राख्ने क्रम नसकिएकाले शुक्रबार पनि बस्ने नेता चन्द्र भण्डारीले जानकारी दिए।
बिहीबारको बैठकमा सत्ता गठबन्धन, पार्टीभित्रको गतिविधि, सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बारेमा छलफल भएको भण्डारीले बताए। त्यस्तै सत्ता गठबन्धनलाई कसरी लैजानेदेखि पार्टीभित्र कसरी दबाब बढाउने विषयसम्म बिहीबारको भेलामा सहभागी वक्ताहरुले राखेको उनले बताए।
‘पार्टीभित्र संगठित विद्रोहको कुरा भएको छ। राजनीतिक सोचाईमा पनि परिर्वतन भएको छ’ उनले भने ‘ आज कुरा राख्ने युवा साथीहरुले राखेको कुरालाई पनि गम्भीर रुपमा लिइएको छ ।’ अनुपम फुडल्याण्डमा बसेको भेलाले निरन्तर छलफल गरेर निस्कर्षमा पुग्ने अनि पार्टीलाई दबाब दिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।