काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार परिवर्तनको टुंगो पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकले लगाउने बताएका छन्।
बागमती प्रदेश सरकार परिर्वतनका लागि कांग्रेस तथा माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन सुरु गरेपछि पाण्डेको उक्त प्रतिक्रिया आएको हो।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाण्डेले आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ,’ उनले लेखेका छन् ‘गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।