काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलका अनुसार असार २७ गते बैठक बोलाइएको हो।
उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा हुने जानकारी दिएका छन्। उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको छ।
मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।