काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा श्रीवास्तवले ओहदाको प्रमाणपत्र बुझाएका हुन्।
निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो।
श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।