काठमाडौं– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक असार २७ र २८ गते बोलाइएको छ।
पार्टीका कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकको मितिबारे जानकारी दिएका हुन्।
उनका अनुसार केन्द्रीय समितिको बैठक असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा हुने भएको छ।
फुटको संघारमा रहेका बेला जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै छुट्टिने निर्णयमा पुगिसकेका छन्।
विवाद बढ्दै गएपछि दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका हुन्। दुई नेताबीच बुधबार कोटेश्वरमा छलफल भएको भट्टराई निकट एक नेताले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।