विराटनगर- सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले प्रदेश १ सांसद गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले उनको राजीनामा पत्र वाचन गरेर सुनाउँदै स्वीकृत भएको जानकारी दिए।
खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो। फैसलामा चित्त नबुझेपछि खातुनले सर्वोच्चको ढोका ढकढक्याएकी थिइन्। जठे २५ गते सर्वोच्च अदातले उच्चकै मुद्दा सदर गरेको थियो।
न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उनको निवेदनमा निस्सा नदिनेआदेश गरेको थियो। मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।