काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धी विधेयक पारित हुने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशनभित्रै पारित हुने दाबी गरेका हुन्।
६४ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले नागरिकता ऐन सम्बन्धी विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए।
राज्य व्यवस्था समितिमासमेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढ्न सरकार लागि परेको जानकारी दिए।
यस्तै, मन्त्री कोइरालाले संसद्लाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। ‘केही सांसदहरुलाई छोडेर भन्ने हो भने सांसदहरुको उपस्थिति नै नभइदिँदा संसद्ले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाई भइरहेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।