काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो ३ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ।
केन्द्रीय कार्य समिति बैठकमा चुनावको समीक्षा हुन नसकिरहेका बेला कोइराला समूहले आफ्नो पक्षको बेग्लै बैठक गर्न लागेको हो। यो समूहको बैठकले केन्द्रीय समिति बैठकको माग गर्ने बताइएको छ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफलमा जुटेको हो।
बैठकमा शेखर समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई बोलाइएको छ। आगामी चुनावको तयारी, भातृ संस्था गठन तथा विस्तार, विधान कार्यन्वयन गराउन दबाब दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।