फाइल तस्बिर।
सुर्खेत- राप्रपा नेपालले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। बिहीबार दिउँसो साढे १२ बजे वीरेन्द्रनगरस्थित होटल डि नमस्तेमा 'वर्तमानका चुनौती र विकल्प'बारे राप्रपा नेपालका अध्यक्ष कमल थापासँग अन्तरक्रिया कार्यक्रम हुनेछ।
प्रदेशका राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि , हेटौंडा, विराटनगर, जनकपुर, बुटवल, पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भइसकेका छन्।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार विभिन्न वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष थापाले अन्तर्क्रिया गर्नेछन् भने प्रदेशभित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ। जहाँ थापाले प्रशिक्षण समेत दिनेछन्।
महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रमबाट जनभावना बुझ्न मद्दत मिलेको र पार्टीको भावी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए।
कार्यक्रमबाट प्राप्त सल्लाह, सुझाव, प्रतिक्रिया अनुसार पार्टीलाई नयाँ शिराबाट अघि बढाउने नीति राप्रपा नेपालले अवलम्बन गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।