• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफूलाई केन्द्रमा राख्ने मनोवृत्तिबाट मुक्त नभएका प्रचण्ड 

64x64
नेपाल लाइभ बुधबार, असार १५, २०७९  २०:४७
1140x725

काठमाडौं- 'साथीहरुले मलाई फेरि नेतृत्व गर्न आह्वान गर्नुभयो। धन्यवाद भन्न चाहन्छु। यथार्थ त्यही नै हो। कसैलाई मीठो नलाग्न पनि सक्छ। माओवादी आन्दोलनको एकीकृत र केन्द्रीत गर्ने काम प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ। मेरा थुप्रै कमी भए पनि यथार्थ यही हो। कसैले लाज नमानौं। फेरि प्रचण्डकहाँ जाने भनेर लाज लाग्न सक्छ नि कतिपयलाई,' माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार एक कार्यक्रममा भने। 

प्रचण्डका सामु चुनौती छ- स्थानीय तहकै 'असफलता दोहोर्‍याउने' वा पूर्वमा माओवादी तथा वामपन्थी दलहरुसँग एकता र तालमेलको विकल्प पनि खुला राख्ने? उनले अहिले दोस्रो विकल्पलाई पनि सँगसँगै अगाडि बढाइरहेको देखिन्छ। 

पहिलो कोशिस पूर्व माओवादीहरुलाई एक ठाउँ ल्याउन गरिरहेका छन्। त्यसका लागि उनले बुधबार औपचारिक आव्हान गरे,  'सबैले आफ्नो कमजोरी स्वीकार्ने आँट गरौं। एक ठाउँमा ल्याएर संष्लेषण र विश्लेषण गरौं। यो देशको स्वाधीनता अभियानमा अघि बढौं। समाजवादको आधार तयार गर्ने अभियानमा अघि बढौं।'

अहिले सबैतिर एकै चेतनाको विकास भइरहेको भन्दै खुसी व्यक्त गरे। साथै माओवादीहरु एक ठाउँमा पुग्नुपर्ने आवाज जनताकाे रहेकाे बताए। 'माओवादी एक हुनैपर्छ। अहिले सबैतिर छ। यसलाई कसैलाई थेग्न सक्दैन। मैले पनि भावनाको विकास गरिनँ भने थेग्न सक्दिनँ। अरुले पनि बुझेनन् भने थेग्न सक्दैनन्,' उनले थपे,  'जनता अनुभवबाट आजित भएर तिमीहरु एक ठाउँ बसेर भनेर भन्न थाले। कार्यकर्ताको भावना पनि हुँदो रहेनछ। चुनाव प्रतिष्पर्धामा आउनु नै पर्ने भएपछि झन् किन?'

एमाले नेताहरुको एकता अभियानमा प्रचण्डको लोभ
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रसँग आगामी निर्वाचनका लागि बहुविकल्प देखिँदैन। तर पनि प्रचण्ड विकल्प खोज्न सक्रिय देखिन्छन्। किनभने कांग्रेससँग स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको उनकाे निष्कर्ष छ। 

उनले जेठ २८ गते पोखरामा आयोजना गरेको प्रदेशस्तरीय ‘वैचारिक राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण’ कार्यक्रममा बोल्दै भनेका थिए, 'स्थानीय निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा साइजमा राख्ने गरी छलफल भइरहेको छ।' गठबन्धनभित्रै उपगठबन्धन बनाउन आफू लागिपरेको पनि त्यही बेला उनले बताएका थिए। 

त्यसबाहेक उनी वाम गठबन्धनका लागि समेत सक्रिय हुनुपर्ने बताउँछन्। 'माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि नपरौं। म अन्तिममा यो कुरा पनि जोड्न चाहन्छु-हामीले सबै सच्चा कम्युनिष्टलाई जोड्नपर्छ। बाहिरका सबै अवसरवादी छन् भन्ने ठान्नुहुँदैन। बाहिर पनि यो देशको स्वाधिनताका लागि लड्नपर्छ भन्ने मान्छेहरु छन्। मार्क्सवादलाई अवलम्बन गर्नुपर्छ, कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ भन्नेहरु माओवादी बाहिर पनि छन्,' बुधबार पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उक्त पक्षका नेताहरु यही परिस्थितिमा 'वाम एकता' भनेर माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एकता गर्न तयार छैनन्। प्रचण्डले झन्डै कब्जा गरेको पार्टी र यसको चुनाव चिह्न सूर्य बल्लतल्ल हासिल गरेको महसुस ओली पक्षका हरेक नेतामा भेटिन्छ। वाम एकता अहिले सुन्दा प्रिय लाग्ने विषय मात्रै भएको एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पाेखरेलले नेपाल लाइभसँग भने,  'वाम एकता भनेर ज-जसलाई परिकल्पना गरेर तिनीहरु मिल्नुपर्छ, मिल्दिए हुन्थ्यो ठानेर कुरा गर्दैछन्, म त्यो सम्भव देख्दिनँ। यतिबेला नेकपा एमालेले नेतृत्व गरेको पोलमा गोलबन्द हुनेहरु वामपन्थी हुन्। कांग्रेसलाई नेता मानेर त्यसको वरिपरि गोलबन्द हुनेहरु कसरी वामपन्थी हुन सक्छन्?'

तर, एमालेकै नेता घनश्याम भूसाल पक्ष भने वाम एकताको लविङ गरिरहेको छ। सार्वजनिक रुपमा धारणा राख्ने मात्रै होइन, कार्यक्रम गरेर आह्वानसमेत गरिरहेको छ। एमालेको एउटा पक्षले चलाइरहेको उक्त अभियानबाट प्रचण्ड उत्साहित रहेको बुधबार प्रचण्डले राखेको अभिव्यक्तिबाट देखिन्छ। त्यसैलाई उनले एमालेमा 'बिउ' छरेर आएको 'फल्दै र फूल्दै जाने' संकेत गरेको अर्थ लगाउन सकिन्छ। 

प्रचण्डको टिप्पणी थियो, ' एमालेभित्र पनि केपी ओली प्रवृत्ति नेतृत्वमा हुँदा प्रतिगमनतिर जाने खतरा पैदा भयो। हामीले विद्रोह गर्‍यौं। तर त्यो प्रवृत्ति र नेतृत्व नहुने हो भने अरु हजारौंलाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ। मैले तीन वर्षको अनुभव जे गरें, त्यो एमालेभित्रका हजारौं कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिन्छ भन्ने अनुभव हो। तपाईंहरुलाई लाग्न सक्छ सकिएन नि त। हामी माओवादीहरुले बिउ रोपेर आएका छौं। हेर्नुहोला, केही समयपछि त्यो फूल्छ-फल्छ।'

नेता भूसालले त्यसको जवाफ फर्काइसकेका छन्। बुधबार नै अर्को कार्यक्रममा भूसालले जवाफ दिए, 'कमरेड प्रचण्डले आज कहीँ भन्नुभएछ- एमालेमा बिउ छाडेर आएको छौं,  हेर्नुहोला फल्छ। एउटा धारालाई संगठित गर्न र उत्साहित गर्न जे भन्नुभयो त्यसलाई स्वागत गर्नुपर्छ। तर उहाँले आजको आवश्यकता राम्ररी बुझ्नुभएन। आज माओवादीको बिउ, एमालेको बिउ, एकीकृत समाजवादी कसैको पनि बिउ उम्रिदैन। यी नउम्रिने बिउहरु हुन्। हाइब्रिड बनाउनुपर्छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वाम एकता सख्त पक्षधर भूसाल अहिलेको नेतृत्व (ओली, प्रचण्ड र नेपाल)बाट कम्युनिष्ट आन्दोलन खतरामा परेको देख्छन्। केही दिनअघि वाम एकताकै विषयमा आयोजित एक कार्यक्रममा उनले भने,  'आज युवाहरूले विद्रोहका साथ तर सम्पूर्ण सचेतनाको साथ नसोच्ने हो भने हाम्रो आन्दोलन खतरामा छ। हाम्रो आन्दोलन कता लैजाँदैछन् भनेर हेर्ने हो भने तिनका (ओली, प्रचण्ड र नेपालका) गाली-गलौज सुन्दा पर्याप्त हुन्छ।'

'माओवादी भनेकै म' मनोवृत्ति
कुनै बेलाको नेकपा माओवादी अहिले माओवादी जोडिएका अनेक पार्टीमा विभक्त हुनुको कारण नेतृत्वप्रतिको वितृष्णा र नेतृत्व गर्ने चाहना नै हुन्। प्रचण्ड सँगसँगै नेतृत्व लिएका मोहन वैद्य किरण हुन् कि डा बाबुराम भट्टराई वा अर्को पुस्ताबाट नेतृत्वका लागि उदाइरहेका नेत्रविक्रम चन्द विप्लव। उनीहरु सबै प्रचण्डसँग रुष्ट भएर आफ्नै नेतृत्वमा पार्टी बनाउँदै गए। 

समयक्रमले सबैलाई एकठाउँ उभिनुपर्ने बोध त भएको छ। तर, नेतृत्व उही भएपछि उक्त सम्भावना छैन। आफूबाहेकबाट साझा नेतृत्व तयार पारेर अघि बढ्ने स्वभाव नेताहरुमा देखिदैन। प्रचण्ड त झन् 'माओवादी भनेकै म' मनोवृत्तिबाट मुक्त हुन नसकेको बुधबार उनले दिएको अभिव्यक्तिबाट पुष्टि हुन्छ। 
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्