• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफूलाई केन्द्रमा राख्ने मनोवृत्तिबाट मुक्त नभएका प्रचण्ड 

64x64
नेपाल लाइभ बुधबार, असार १५, २०७९  २०:४७
1140x725

काठमाडौं- 'साथीहरुले मलाई फेरि नेतृत्व गर्न आह्वान गर्नुभयो। धन्यवाद भन्न चाहन्छु। यथार्थ त्यही नै हो। कसैलाई मीठो नलाग्न पनि सक्छ। माओवादी आन्दोलनको एकीकृत र केन्द्रीत गर्ने काम प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ। मेरा थुप्रै कमी भए पनि यथार्थ यही हो। कसैले लाज नमानौं। फेरि प्रचण्डकहाँ जाने भनेर लाज लाग्न सक्छ नि कतिपयलाई,' माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार एक कार्यक्रममा भने। 

प्रचण्डका सामु चुनौती छ- स्थानीय तहकै 'असफलता दोहोर्‍याउने' वा पूर्वमा माओवादी तथा वामपन्थी दलहरुसँग एकता र तालमेलको विकल्प पनि खुला राख्ने? उनले अहिले दोस्रो विकल्पलाई पनि सँगसँगै अगाडि बढाइरहेको देखिन्छ। 

पहिलो कोशिस पूर्व माओवादीहरुलाई एक ठाउँ ल्याउन गरिरहेका छन्। त्यसका लागि उनले बुधबार औपचारिक आव्हान गरे,  'सबैले आफ्नो कमजोरी स्वीकार्ने आँट गरौं। एक ठाउँमा ल्याएर संष्लेषण र विश्लेषण गरौं। यो देशको स्वाधीनता अभियानमा अघि बढौं। समाजवादको आधार तयार गर्ने अभियानमा अघि बढौं।'

अहिले सबैतिर एकै चेतनाको विकास भइरहेको भन्दै खुसी व्यक्त गरे। साथै माओवादीहरु एक ठाउँमा पुग्नुपर्ने आवाज जनताकाे रहेकाे बताए। 'माओवादी एक हुनैपर्छ। अहिले सबैतिर छ। यसलाई कसैलाई थेग्न सक्दैन। मैले पनि भावनाको विकास गरिनँ भने थेग्न सक्दिनँ। अरुले पनि बुझेनन् भने थेग्न सक्दैनन्,' उनले थपे,  'जनता अनुभवबाट आजित भएर तिमीहरु एक ठाउँ बसेर भनेर भन्न थाले। कार्यकर्ताको भावना पनि हुँदो रहेनछ। चुनाव प्रतिष्पर्धामा आउनु नै पर्ने भएपछि झन् किन?'

एमाले नेताहरुको एकता अभियानमा प्रचण्डको लोभ
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रसँग आगामी निर्वाचनका लागि बहुविकल्प देखिँदैन। तर पनि प्रचण्ड विकल्प खोज्न सक्रिय देखिन्छन्। किनभने कांग्रेससँग स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको उनकाे निष्कर्ष छ। 

उनले जेठ २८ गते पोखरामा आयोजना गरेको प्रदेशस्तरीय ‘वैचारिक राजनीतिक प्रशिक्षण तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण’ कार्यक्रममा बोल्दै भनेका थिए, 'स्थानीय निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा साइजमा राख्ने गरी छलफल भइरहेको छ।' गठबन्धनभित्रै उपगठबन्धन बनाउन आफू लागिपरेको पनि त्यही बेला उनले बताएका थिए। 

त्यसबाहेक उनी वाम गठबन्धनका लागि समेत सक्रिय हुनुपर्ने बताउँछन्। 'माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि नपरौं। म अन्तिममा यो कुरा पनि जोड्न चाहन्छु-हामीले सबै सच्चा कम्युनिष्टलाई जोड्नपर्छ। बाहिरका सबै अवसरवादी छन् भन्ने ठान्नुहुँदैन। बाहिर पनि यो देशको स्वाधिनताका लागि लड्नपर्छ भन्ने मान्छेहरु छन्। मार्क्सवादलाई अवलम्बन गर्नुपर्छ, कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ भन्नेहरु माओवादी बाहिर पनि छन्,' बुधबार पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उक्त पक्षका नेताहरु यही परिस्थितिमा 'वाम एकता' भनेर माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एकता गर्न तयार छैनन्। प्रचण्डले झन्डै कब्जा गरेको पार्टी र यसको चुनाव चिह्न सूर्य बल्लतल्ल हासिल गरेको महसुस ओली पक्षका हरेक नेतामा भेटिन्छ। वाम एकता अहिले सुन्दा प्रिय लाग्ने विषय मात्रै भएको एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पाेखरेलले नेपाल लाइभसँग भने,  'वाम एकता भनेर ज-जसलाई परिकल्पना गरेर तिनीहरु मिल्नुपर्छ, मिल्दिए हुन्थ्यो ठानेर कुरा गर्दैछन्, म त्यो सम्भव देख्दिनँ। यतिबेला नेकपा एमालेले नेतृत्व गरेको पोलमा गोलबन्द हुनेहरु वामपन्थी हुन्। कांग्रेसलाई नेता मानेर त्यसको वरिपरि गोलबन्द हुनेहरु कसरी वामपन्थी हुन सक्छन्?'

तर, एमालेकै नेता घनश्याम भूसाल पक्ष भने वाम एकताको लविङ गरिरहेको छ। सार्वजनिक रुपमा धारणा राख्ने मात्रै होइन, कार्यक्रम गरेर आह्वानसमेत गरिरहेको छ। एमालेको एउटा पक्षले चलाइरहेको उक्त अभियानबाट प्रचण्ड उत्साहित रहेको बुधबार प्रचण्डले राखेको अभिव्यक्तिबाट देखिन्छ। त्यसैलाई उनले एमालेमा 'बिउ' छरेर आएको 'फल्दै र फूल्दै जाने' संकेत गरेको अर्थ लगाउन सकिन्छ। 

प्रचण्डको टिप्पणी थियो, ' एमालेभित्र पनि केपी ओली प्रवृत्ति नेतृत्वमा हुँदा प्रतिगमनतिर जाने खतरा पैदा भयो। हामीले विद्रोह गर्‍यौं। तर त्यो प्रवृत्ति र नेतृत्व नहुने हो भने अरु हजारौंलाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ। मैले तीन वर्षको अनुभव जे गरें, त्यो एमालेभित्रका हजारौं कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिन्छ भन्ने अनुभव हो। तपाईंहरुलाई लाग्न सक्छ सकिएन नि त। हामी माओवादीहरुले बिउ रोपेर आएका छौं। हेर्नुहोला, केही समयपछि त्यो फूल्छ-फल्छ।'

नेता भूसालले त्यसको जवाफ फर्काइसकेका छन्। बुधबार नै अर्को कार्यक्रममा भूसालले जवाफ दिए, 'कमरेड प्रचण्डले आज कहीँ भन्नुभएछ- एमालेमा बिउ छाडेर आएको छौं,  हेर्नुहोला फल्छ। एउटा धारालाई संगठित गर्न र उत्साहित गर्न जे भन्नुभयो त्यसलाई स्वागत गर्नुपर्छ। तर उहाँले आजको आवश्यकता राम्ररी बुझ्नुभएन। आज माओवादीको बिउ, एमालेको बिउ, एकीकृत समाजवादी कसैको पनि बिउ उम्रिदैन। यी नउम्रिने बिउहरु हुन्। हाइब्रिड बनाउनुपर्छ।'

वाम एकता सख्त पक्षधर भूसाल अहिलेको नेतृत्व (ओली, प्रचण्ड र नेपाल)बाट कम्युनिष्ट आन्दोलन खतरामा परेको देख्छन्। केही दिनअघि वाम एकताकै विषयमा आयोजित एक कार्यक्रममा उनले भने,  'आज युवाहरूले विद्रोहका साथ तर सम्पूर्ण सचेतनाको साथ नसोच्ने हो भने हाम्रो आन्दोलन खतरामा छ। हाम्रो आन्दोलन कता लैजाँदैछन् भनेर हेर्ने हो भने तिनका (ओली, प्रचण्ड र नेपालका) गाली-गलौज सुन्दा पर्याप्त हुन्छ।'

'माओवादी भनेकै म' मनोवृत्ति
कुनै बेलाको नेकपा माओवादी अहिले माओवादी जोडिएका अनेक पार्टीमा विभक्त हुनुको कारण नेतृत्वप्रतिको वितृष्णा र नेतृत्व गर्ने चाहना नै हुन्। प्रचण्ड सँगसँगै नेतृत्व लिएका मोहन वैद्य किरण हुन् कि डा बाबुराम भट्टराई वा अर्को पुस्ताबाट नेतृत्वका लागि उदाइरहेका नेत्रविक्रम चन्द विप्लव। उनीहरु सबै प्रचण्डसँग रुष्ट भएर आफ्नै नेतृत्वमा पार्टी बनाउँदै गए। 

समयक्रमले सबैलाई एकठाउँ उभिनुपर्ने बोध त भएको छ। तर, नेतृत्व उही भएपछि उक्त सम्भावना छैन। आफूबाहेकबाट साझा नेतृत्व तयार पारेर अघि बढ्ने स्वभाव नेताहरुमा देखिदैन। प्रचण्ड त झन् 'माओवादी भनेकै म' मनोवृत्तिबाट मुक्त हुन नसकेको बुधबार उनले दिएको अभिव्यक्तिबाट पुष्टि हुन्छ। 
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्