काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणलाई डा.मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णयक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
गृह मन्त्रालयमा अपरान्ह बुझाइएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८/०९/२६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरेका सहमति कार्यान्वयन गर्न माग गरिएको छ।
मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर रिहा गर्न आग्रह गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।