काठमाडौं– नेकपा मालेका महासचिव सीपी मैनालीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नका लागि शुद्ध मनसाय लिएर छलफल अघि बढाउनुपर्ने बताएका छन्।
वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘भाषणले एक–अर्काको आलोचना गर्ने लेख रचनाबाट आलोचना गर्नेभन्दा पनि बसेर छलफल गरौं, अहिलेसम्म के भयो? अब कसरी अगाडि बढ्ने भनेर पनि कुराकानी गरौं,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने शुद्ध मनसाय छ भने सबै दल एकै ठाउँमा आउनुपर्छ।’
उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हिजो नेकपामा हुँदा भएको झगडामा सबै उत्तिकै दोषी रहेको आरोप लगाए।
उनले भने, ‘तपाईंहरुको झै झगडामा तपाईंहरु सबै दोषी हुनुहुन्छ। धेरै थोरै कुरा मात्रै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।