फाइल तस्बिर।
सुर्खेत- राप्रपा नेपालले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।
प्रदेशका राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि , हेटौंडा, विराटनगर, जनकपुर, बुटवल, पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भइसकेका छन्। बिहीबार सुर्खेतमा कार्यक्रम आयोजना गरिने र कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिए।
कार्यक्रमका लागि राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र केन्द्रीय सदस्य पुरु दाहाल सुर्खेत पुगिसकेका छन्।
महामन्त्री बर्तौलाका अनुसार विभिन्न वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् भने प्रदेशभित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ। जहाँ थापाले प्रशिक्षण समेत दिनेछन्।
कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा बिहीबार सुर्खेत पुग्नेछन्। महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रमबाट जनभावना बुझ्न मद्दत मिलेको र पार्टीको भावी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए। कार्यक्रमबाट प्राप्त सल्लाह, सुझाव, प्रतिक्रिया अनुसार पार्टीलाई नयाँ शिराबाट अघि बढाउने नीति राप्रपा नेपालले अवलम्बन गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।