काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को सोमबार र मंगलबार बसेको बैठकले वामपन्थी शक्तिहरुलाई एकताका लागि अपिल गरेको छ।
बैठकले पारित गरेको १५ बुँदे समसामयिक प्रस्तावमा कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्न भन्दै एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अगाडि बढ्न अपिल गरेको हो।
'समाजवादी कार्यदिशा अंगालेका सम्पूर्ण वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, संघीयता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाका लागि एकताबद्ध हुन यो बैठक आग्रह गर्दछ', पारित प्रस्तावमा भनिएको छ।
बैठकले एसपीपीमा नेपाल संलग्न नहुने निर्णयसहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन पनि गरेको छ। बैठकले रुसले युक्रेनमाथि गरिरहेको आक्रमणलाई पनि सम्बोधन गरेको छ।
'अमेरिका लगायत पश्चिमा प्रभुत्ववादी शक्तिहरुले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सृजना गरेको सुरक्षा संवेदनशीलताले गर्दा रुस र युक्रेनबीच युद्ध भड्किएको छ', पारित प्रस्तावमा भनिएको छ।
यस्तो छ, बैठकबाट पारित समसामयिक प्रस्ताव :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।