काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
मंगलबार साँझ मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा शिलतनिवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्रीले सरकारको काम कारबाही बारे बिफ्रिङ गरेका थिए। त्यस्तै बाढी पहिरो र स्थानीय निकायबीच समन्वय गरेर सरकारले काम गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।
असंलग्न परराष्ट्र नीति र नेपालको पोजिसन, मल अभाव लगायतका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको थियो।
राष्ट्रपतिले मलका विषयमा दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरिन्। त्यस्तै भेटमा सरकारले भावी दिनमा लिने कार्यक्रम र नीतिका बारेमा पनि कुराकानी भएको जनाइएको छ।
राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले नियमित भेटवार्ता भएको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।